यसैगरी एनआरएनए भिक्टोरियाका संयोजक केशब कंडेल र सदस्य केशर बिक्रम भट्टराई यो पटक उही पदमा दोहोरिएका छन् ।
कुल १२२७ सदस्य संख्या रहेको एनआरएन भिक्टोरियाको एनसीसी सदस्य सहित बाँकी १२ जनाका लागि २० जनाको उम्मेदवारि परेको छ ।

भिक्टोरियाको संयोजकमा वर्तमान संयोजक केशब कंडेलको उम्मेदवारि दोहोरिएको छ भने वर्तमान सचिव माधव पौडेलले पनि संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् ।भिक्टोरिया जस्तो नेपालीहरुको ठूलो बसोबास रहेको ठाउँमा एउटै ब्यक्ति दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी दिएको माधव पौडेलको दाबी छ भने केशब कंडेलका अनुसार एनआरएनका कतिपय मुद्दाहरुमा काम गर्न अनुभबी ब्यक्ति नै आवश्यक हुने र आफू नयाँ हुँदा पहिलो छ महिना सस्था बुझ्नै लागेको र पछील्लो छ महिना चुनावको कारण काम नै नहुने अवस्था रहेकोले पनि अब आफू काम नै गर्न आएको बताउँछन ।

यसैगरी उपसंयोजकमा प्रकाश सेढाई र डा. उगेन्ऽ रेग्मीको उम्मेदवारी परेको छ । डां रेग्मी पश्चिम मेल्बर्नको नेपाली समाजमा नेपाली भाषा कक्षा सन्चालनका संयोजक हुन भने क्रेगिबर्न नेपाली समाजका सस्थापक उपाध्यक्ष, चितवन समाज भिक्टोरियाका संस्थापक सदस्यसमेत भई काम गरिसकेका प्रकाश सेढाई समाज प्रतिको आफ्नो योगदान र दायित्व बोध गर्दै उम्मेदवारी दिएको बताउँछन ।

यसैगरी सचिवका लागि श्रीजना रायमाझी र गौतम लामिछानेको उम्मेदवारी परेकोछ भने सहसचिवमा क्रेगिबर्न नेपाली समाजका अध्यक्ष प्रेमप्रसाद कंडेल र देबेन्ऽ शर्मा पौडेलको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षका लागि सुनिल मैनाली र गणेशराज गौतमवीच प्रतिस्पर्धा हुनेछ भने राज्य समितिको ४ जना सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ । जसमा हरी खड्का, प्रेम लाल सापकोटा, मायाप्रसाद सुवाल, केशर बिक्रम भट्टराई, गोपाल काफ्ले र
गान्धीप्रसाद भट्टराई रहेका छन् ।

यस्तै एनसीसी सदस्यहरुमा ३ जना का लागि गणेश अधिकारी, रमेश छत्कुली, निराजन गौली र कृष्णप्रसाद न्यौपाने गरी ४ जनाको उम्मेदवारी परेको छ ।

चुनाब नजिकिएसँगै अहिले हरेक उम्मेदवारहरुको फेसबुकको भित्तामा टाँगिएका एजेन्डासहितको एक थान प्रचार सामग्रीले मतदाताहरु माझ झनै रौनक बढाएको छ ।

0 comments:

Post a Comment

 
Top