कर्जा लगानी योग्य रकम अभाव भएपछि ९/१० वाणिज्य बैंकले थप लगानी विस्तार गर्न सेकका छैनन् ।
‘अहिले करिब ९/१० बैंकले ठुला कर्जा लगानी नै रोकेका छन्, अन्य कतिपयले भने सबै खाले कर्जा रोकेका छन्, तर सबै वाणिज्य बैंकलाई भने कर्जा लगानी योग्य पुँजीको ठुलो समस्या छैन्,’ एक बैंकरले भने ।

अहिले मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपकर्तालाई ११ प्रतिशतसम्म ब्याज दिइरहेका बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई भने अझै १४ प्रतिशत व्याजदर प्रस्ताव गरिरहेका छन् ।मेरोमा बढि ब्याज खोज्दै आएका संस्थागत ग्राहक आफ्नोमा पठाई दिन दुई बैंकले आग्रह नै गरेका छन्, ति संस्थाले १४ प्रतिशत व्याजदर दिएका छन् हामी त्यति व्याजदर दिने पक्षमा छैनौं,’ ती बैंकरले स्पष्ट पारे ।

अहिले बैंक अनुसार व्यक्तिगत निक्षेपकर्ताले मुद्दती खातामा ११ देखि १२ प्रतिशत व्याज पाइरहेका छन् । संस्थागत निक्षेपकर्ताले भने १४ प्रतिशतसम्म व्याज पाइरहेका छन् ।

सबै बैंकलाई कर्जा लागानी विस्तारमा समस्या नभएपनि खासै सहज अवस्था पनि नरहेको ती बैंकर बताउछन् ।

साउनमा व्याजदर घट्ने अपेक्षा

बैंकरहरुले साउनमा भने व्याजदर घट्ने अपेक्षा गरेका छन् ।

‘अहिले पनि अवस्था केही सहज बनेको त छ, तर साउन पछि भने समस्या नै रहदैन् भन्ने लाग्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने । साउन पछि मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतमा सिमित हुने दाहालको अनुमान छ ।

महिनामा निक्षेप २५ अर्बले, कर्जा ११ अर्ब बढ्यो

करिब एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा २५ अर्बको वृद्धि भएको छ भने कर्जा ११ अर्बले बढेको छ ।

जेठ १२ गते वाणिज्य बैंकहरुमा १९ खर्ब ५४ अर्ब निक्षेप रहेकोमा असार ९ गते यो रकम १९ खर्ब ७९ अर्ब पुगेको छ । त्यस्तै, जेठ १२ मा १६ खर्ब ६४ अर्ब कर्जा लगानी गरेका बैंकहरुले असार ९ मा १६ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका छन् ।

आर्थिक वर्ष अन्त्यमा वार्षिक वासलात निर्माण गर्नुपर्ने कारण कर्जा लगानी केही सुस्त हुने मानिदै आएको छ । तरपनि, केही वर्षयतादेखि नै धेरै बैंकहरुले असारको मध्यसम्मलाई आधार मानेर ‘फाइनान्सियल क्लोजिङ’ गर्ने र थप लगानी सुचारु गर्न थाल्ने गर्दै आएका छन् ।

0 comments:

Post a Comment

 
Top