बिहेको कुरा टुंग्याउनुअघि  केटा तथा केटी पक्षले एक अर्कामा सवाल जवाफ गरी कुरा स्पष्ट गराई छिनोफानो गर्नु त स्वभाविकै हो । तर भारतमा भने बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ ।

भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् ।


बिहेको कुरा गर्नका लागि केटा तथा केटी पक्षबीच एक मेलाका बेला चौरमा भेट भएको थियो । कुराकानीमा बिहे गर्ने निधो गरियो । केटाले केटीलाई मन पराए । तर अचानक केटाचाहीँले आफ्नो झोलाबाट एउटा डायरी तथा कलम निकाले र केटीको हातमा दिई केटीको परीक्षा लिन सुरु गरे ।

सुरुमा केटीलाई उनको नाम, ठेगाना तथा फोन नम्बर लेख्न भने । त्यसपछि परीक्षा लिन थाले । विभिन्न जटिल शव्दहरु लेख्न लगाए । केटाले गरेका सबै सवालहरुको जवाफ केटीले सफलतापूर्वक लेख्न सकिन् । लिखित परीक्षामा पास भएसँगै केटाचाहीँ बिहेका गर्न पूर्णरुपमा राजी भए ।

तर कुरो चाहीँ गडबड भयो । आफ्नो यस्तो परीक्षा लिने केटाको तरिका केटीलाई मन परेन । उनले उक्त डायरी र कलम केटालाई दिइन् अनि उसैगरी केटाको पनि परीक्षा लिइन् । केटालाई परिश्रम, दृष्टिकोण तथा साम्प्रदायिक जस्ता जटिल शव्दहरु लेख्न लगाइन् । तर यी जटिल शव्दहरु केटाले शुद्धसँग लेख्न सकेनन् । हुनेवाला लोग्ने लिखित परीक्षामा फेल भएपछि केटीले उक्त केटासँग बिहे गर्न अस्विकार गरिन् ।

0 comments:

Post a Comment

 
Top