सूचना पारखीका लागि खुसीकाे खुसीको खबर छ । लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नेपाली मिडियासँगको सहकार्यमा एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा चलाउन मिल्ने Hamro News & Magazine नामको मोबाइल एप सार्वजनिक गरेको छ । याे सुविधासँगै अब माेबाइल एपबाटै नेपालका राष्ट्रिय दैनिक र मासिक पत्रिका पढ्न सकिन्छ ।

हाम्राे पात्राेका संस्थापक एवम्  सिइअाे शंकर उप्रेतीले भने, ‘हाम्राे पात्राे एपकाे सफलताबाट हौसिएर स्वदेश तथा विदेशमा रहनुहुने विश्वसनीय सूचना पारखि नेपालीहरूका लागि उपयोगी हुन्छ भनेर “Hamro News & Magazine” को परिकल्पना गरिएको हो । यसको पूर्ण रूप अब तपाइहरूको माझ छ । भविष्यमा प्रयोगकर्ताहरूबाट आउने प्रतिक्रियाका आधारमा यसलार्इ अझ पूर्ण, अझ सशक्त अनि अझ प्रभावकारी सूचनाको श्रोतको रूपमा परिमार्जन गर्दै जानेछौं ।’64340256-ff95-40e9-9fcc-29e77ce02ea5

“Hamro News & Magazine” विशेषताः

नेपालका राष्ट्रिय दैनिक तथा मासिक पत्र-पत्रिका सजिलै पढन सकिने (अन्नपूर्णा पोष्ट, आर्थिक अभियान, राजधानि दैनिक, नेपालीपत्र, Nepali Times, हिमाल खबर पत्रिका, स्वास्थ खबर पत्रिका, Living with ICT, हट नेपाल, Business Age)
हरेक नयाँ अंकको नोटिफिकेशन प्राप्त हुने
न्यून गतिकाे इन्टरनेटमा डिजिटल एडिसन पढ्न सकिने (न्यून गतिकाे इन्टरनेटमा PDF लोड हुन अत्यधिक समय लाग्ने हुँदा सम्बन्धित पेजको TT भन्ने बटनमा थिचेर अक्षर मात्र पढ्न सकिने)

0 comments:

Post a Comment

 
Top