नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिएका छन् ।माओवादीबाट श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनेका छन् भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेन उर्जा राज्यमन्त्री बनेका छन् ।यस्तै शम्भुलाल श्रेष्ठ स्वास्थ्य, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बनेका छन् ।८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराएका छन् ।सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउने बताएका छन् ।

0 comments:

Post a Comment

 
Top