Friday, August 18, 2017

डुबान क्षेत्रको रोग 'नियन्त्रण भित्रै'

बाढी प्रभावित क्षेत्रहरुमा प्रदुषित पानीका कारण हैजा, झाडा पखाला लगायत रोग फैलिन सक्ने बताइएको थियो।
मन्त्रालयले रोग फैलिन नदिन स्वास्थ्य सचेतनाका कार्यक्रमहरु थालिएको बताएको छ।स्थानीय बासिन्दाहरुले भने रोग अझै फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।महोत्तरीको भंगाहा गाविसको मुसहर बस्तीमा ३७ जना झाडा पखालाका बिरामी देखिएपछि तत्कालै स्वास्थ्य कार्यालय महोत्तरीको टोली गएर त्यहाँ उपचार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
नियन्त्रण अन्य कतिपय स्थानहरुमा फाट्टफुट्ट बिरामीहरु देखिए पनि स्थिति नियन्त्रण भन्दा बाहिर नगएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक भीम आचार्यले भने, "हाम्रो स्थानीय स्वास्थ्य चौकीले र स्वास्थ्यकर्मीहरुले जहाँबाट खबर आँउछ तुरुन्त गएर उपचार गरिहालेका छन्। ठूलो संख्यामा विरामी भएको खवर अहिलेसम्म आएको छैन।"तर अझैपनि हजारौंको संख्यामा बाढी प्रभावितहरु घर बाहिर नै रहेको र पानीका मुहानहरु समेत फोहोर भएकाले रोग लाग्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले रोकथामको उपायहरुमा काम गरिरहेको बताएको छ।निर्देशक आचार्य भन्छन्, " विस्थापितहरु धेरै भएका स्थानहरुमा हाम्रो जिल्ला स्वास्थ्य चौकीको टोली गएर के कस्ता रोग फैलिन सक्छ र कसरी जोगिने विषयमा स्वास्थ्य शिक्षा दिने र विरामीलाई जाँच्ने काम भइरहेको छ।"यद्यपि खानपान र पानीको राम्रो व्यवस्था गर्न नसकिएका थुप्रै गाँउका स्थानीय बासिन्दाहरु भने रोग फैलिन सक्ने भन्दै त्रसित देखिएका छन्।

चिन्ता बाढीले थुपारेको फोहोर र मृत चौपायाहरुको दुर्गन्धको उचित व्यवस्थापन नभएकोले रोग फैलिन चिन्तामा उनीहरु छन्।पर्सा झौवागुठीका एक स्थानीय शम्भु चौरासियाले भने, "दुर्गन्धले सडेका चिजबिजहरु छन्। यसले रोग फैलिने बहुत ज्यादा सम्भावना छ।"स्वास्थ्य मन्त्रालयका अनुसार वर्षाको मौसम शुरु हुनु अगाडि नै सम्भावित रोगको औषधि किनिसकिएकाले औषधिको अभाव छैन।तर कतिपय स्थानमा स्वास्थ्य चौकी नै डुबेका र कतिपय सडक सम्पर्क टुटेका भित्रि गाँउहरुमा भने बिरामी संख्या बढे चुनौती थपिन सक्ने अधिकारीहरु बताउँछन्।

No comments:

Post a Comment