काठमाडौं : लतिलपुरको झम्सिखेलमा गुडिरहेको कारमा आगो लागेको छ । नेपाल ट्राभल्स एजेन्सी दरमारमार्गको बा १ ञ ५६७ नम्बरको कारमा अचानक आगो लागेको हो ।
ललितपुर प्रहरीका प्रवक्ता ईश्वर कार्कीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । कारको अगाडि भाग भने जलेको छ । झम्सिखेलबाट दरबारमार्ग जाने क्रममा गुड्दा गुड्दै कारमा आगो लागेको हो ।

0 comments:

Post a Comment

 
Top