मलेसियाली सरकारले पठाएको पत्र भर्खरैमात्र प्राप्त भएको छ’ क्वालालम्पुरस्थित नेपाली राजदूतावासका द्वितिय सचिव चक्र सुवेदीले अनलाइनखबरसँग भने-‘नेपाली कामदारहरु समस्यामा नपरुन भनेर भोली आइतवार पनि दूतावास खुल्ला गर्न लागेको छौँ ।’

गैरकानुनी अवस्थामा रहनु भएका सवैले तत्कालै राजदूतावासमा सम्पर्क गरी ट्राभल्स डकुमेण्ट लिन र टिकट पनि तयारी अवस्थामा राख्न सुवेदीले आग्रह गरे ।

‘अपरेसन बरसेपाड’ अर्थात एकीकृत अपरेसन नाम दिइएको यो धरपकड अभियानमा अध्यागमन अधिकारी, प्रहरी, गैरसैन्य दस्ता, अन्य स्वयंसवकहरु आवद्ध हुने जनाइएको छ । अघिल्लो आममाफी तथा बैधता कार्यक्रममा दर्ता भए पनि बैध बन्न छुटेकालाई पुनः बैधानिक बन्न मलेसियाले गत सेप्टेम्बर २० देखि मलेसिया सरकारले सोमबार रातिदेखि गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने भएको छ । मलेसियाको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले सम्वन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमवार राति १२ वजेदेखि देशब्यापिरुपमा धरपकड सुरु हुने जानकारी दिएको छ ।
जनवरी २० तारिखसम्म विशेष अवसर दिएको थियो ।

पटक पटक बैध हुन अवसर दिएपनि अझै १० लाख विदेशी कामदार गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान गर्दै धरपकडको शुरुवात गर्न लागेको यहाँका गृहमन्त्रीलाई उदृत गर्दै स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

समातिएपछि गैरकानुनी कामदारलाई डिपोर्ट सेन्टरमा राखिने र यहांस्थित सम्बन्धित देशका दूतावास तथा नियोगहरुको सहकार्यमा उनीहरुलाई सम्बन्धित मुलुक फर्काइने जनाइएको छ ।

डिपोर्ट सेन्टरमा राखिएपछि कामदारले नै घरफिर्ती टिकट किन्नुपर्ने हुन्छ । डिपोर्ट सेन्टरबाट घर फर्किने कामदारका लागि दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउँदै आएको छ ।

आममाफी प्रकृयामा सहभागी भएर हालसम्म ३० हजारभन्दा बढि नेपालीहरु बैधानिक भइसकेका छन् । अझै हजारौंको संख्यामा मलेसियामा अबैधानिकरुपमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

नेपालीसहित इन्डोनेसियाली, बंगलादेशी, फिलिपिनो, बर्मेली लगायत कामदार पनि अबैधानिकरुपमा बसोबास गरिरहेका छन् ।

0 comments:

Post a Comment

 
Top