भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा(राणा) कारबाट ओर्लिएसँगै मोदीले हात मिलाएर उनीहरुलाई स्वागत गरेका थिए। भारतीय सैनिकको एक टुकडी
ले दिने ‘गार्ड अफ अनर’को प्रधानमन्त्री देउवाले अवलोकन गरे।गार्ड अफ अनरको अवलोकन गरेपछि प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय गानमा सलामी लिए। भारतीय सैनिक टुकडीले नेपालको राष्ट्रिय गान सयौँ थुङ्गा फूलका हामी ... धून बजाउँदा समारोहमा उपस्थित सबैले उभिएर राष्ट्रिय गान र सलामीप्रति सम्मान प्रकट गरेका थिए।भारतीय प्रधानमन्त्री मोदीले त्यसपछि प्रधानमन्त्री देउवालाई कार्यक्रममा उपस्थित भारतीय मन्त्रीहरुसित परिचय गराएका थिए।समारोहपछि प्रधानमन्त्री देवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए।राष्ट्रपतिभवन फर्किएपछि बिहान १०.३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उनलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ।देउवा र मोदीबीच बिहिबार पनि ११.३० बजे हैदराबाद हाउसमा सीमित अधिकारीसहितको आधा घन्टा भेटवार्ता हुनेछ। त्यसलगत्तै देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि १ घन्टा हुनेछ।१.१० मा संयुक्त पत्रकार सम्मेलनमा देउवा र मोदीले सहभागिता जनाउने छन्। जहाँ दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनेछ।२.४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३.३५ मा अर्थमन्त्री अरुण जेट्लीले देउवालाई भेट्नेछन्। त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन्।साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भेट्ने कार्यक्रम तय गरिएको छ। इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएपछि प्रम देउवा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन्।

    0 comments:

    Post a Comment

     
    Top